अच्चम्मैको जागिर, जहाँ सुतेरै कमाईन्छ डेढ लाख बढि तलब

काठमाडौँ,१६ मंसिर । कुनै पनि कम्पनिमा मानिसहरुले काम गरेवापत तलव, भत्ता लगाएत दिने गर्छ । तर दुनियामा यस्तो पनि एक शहर छ । जहाँ मानिसले काम गरे बापत नभई आनन्दले निदाए बापत तलव दिने छ । दुनिया भर मानिसले काम नगरि सुत्नेलाई कतै पनि तलव भत्ता दिएका हुदैनन् ।

हाम्रै छिमेकी देश भारतमा भने एक कम्पनिले सुतेबापत १ लाख भारु पैसा दिँदैछ । जस्को नेपाली १ लाख ६० हजार हुन्छ । बैंगलोरमा रहेको अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो । वेकफिट स्लीप इन्टर्नशीपको नामक सो अफरमा मानिसहरुले ९ घण्टासम्म सुत्न सक्नु पर्ने छ ।

सिमित मानिसको छनोट गरिने सो अफरमा कम्पनीले प्रदान गरेका गद्धामा सुत्नु पर्नेछ । त्यति मात्र नभई प्रतियोगीहरुले आफ्नो निद्राको बारेमा हरेक दिन कम्पनि लाई रिपोर्ट गर्नुपर्ने हुन्छ । त्यसै गरि मानिसहरुले १ सय दिनसम्म दिनहुँ रिपोर्ट गर्नुपर्नेछ । प्रतियोगीताको लागी कम्पनि मै जान नपर्ने भए पनि कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरेको हुनेछ । १०० दिन सम्म जस्कोे निद्रा राम्रो लाग्यो उस्ले सो रकम प्राप्त गर्ने छ ।