हरेक बिहान १ स्याउ खानुका फाईदाहरु

काठमाडौँ,१५ मंसिर । मानिसहरुले आफुलाई स्वस्थ्य राखनको लागी बिभिन्न खानेकुरा, शारिरीक कसरत लगाएत बिभिन्न उपाएहरु अपनाउछन् । खानामा बिभिन्न प्रकारका पोषण तत्वहरु पनि पाईन्छ । जसका कारण मानिसलाई स्वास्थ्य राख्न ठुलो सहयोग पुगीरहेको हुन्छ । फलफुल पनि एक आहारा हो जो मानीसलाई आवश्यक पर्ने पौष्टीक तत्व पुरा गर्दछ ।

त्यसै गरी आज हामी तपाईहरु लाई ती फलफुल मध्य स्याउको बारेमा जानकारी गराउद छौ । जसलाई हामीले खाएपछि फाईदाहरु के के हुन्छन् ? स्याउ खानाल शरीरमा के के लाभदायक छ ?
१.पत्थरीबाट बचाउछ
स्याउ खानाले मृगौलामा हुने पत्थरीबाट बँच्न सकिन्छ । यदि तपाईलाई पत्थरी भैसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाईमा पनि आराम मिल्छ ।

२.कब्जियतको समस्याकम गर्छ
यदि तपाईमा कब्जियत या ग्यास्ट्रिकको समस्या छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ । स्याउमा पाईने फाइबरले पेटको कब्जलाई बिस्तारै(बिस्तारै कम गर्छ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन्छ ।

३.दाँतलाई स्वस्थ राख्छ
स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्छ । भने स्याउको सेवन गर्दा तपाईको दाँत पायरिया रहित रहन्छ ।

४. अल्जाइमरबाट बचाउँछ
स्याउको सेवनले मानिसको मस्तिष्कसँग जोडिएको खतरनाक रोग अल्जाइमर बाट बचाउछ । प्रतिदिन स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभरि बँच्न सकिन्छ । स्याउले मस्तिष्कको कोशिकाको रक्षा गर्छ । जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ ।

५.दम रोगीको लागि उत्तम
स्याउ या स्याउको जूसको सेवन दम रोगीको लागि निकै फाइदाजनक हुन्छ । स्याउले दमको आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ । यसमा पाईने फ्लेभोनोइड्स फोक्सोलाई शक्तिशाली बनाउँछ । जो मानिस प्रतिदिन स्याउको जूस पिउँछ, उसलाई फोक्सोसँग सम्बन्धित रोगहरू निकै कम हुन्छ ।

६.पाचन प्रणाली दुरुस्त हुन्छ
स्याउमा पाईने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ ।

७. कोलेस्ट्रोल कम गर्छ
बदलिँदो जीवनशैलीमा कोलेस्ट्रोल बढ्नुको समस्याकारण कम उमेरको बच्चा पनि मुटु रोगको शिकार भैरहेका छन् । स्याउ खाँदा या स्याउको जूस पिउँदा बढ्दो कोलेस्ट्रोलको मात्रालाई रोक्न सकिन्छ ।

८.सुन्दरता बढाउँछ
स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ ।

९.मधुमेहलाई नियन्त्रित गर्छ
स्याउको सेवनले शरीरमा टाइप २ मधूमेहको खतरालाई कम गर्छ । यसमा पाईने तत्व शरीरमा ग्लूकोजको कमीलाई पुरा गर्छ ।

१०.हड्डीलाई बलियो बनाउँछ
स्याउमा पाईने क्याल्शियम कारण प्रतिदिन स्याउको सेवन गर्दा या यसको जूस पिउँदा हड्डी बलियो हुन्छ ।

११.मोटोपन कम गर्छ
स्याउमा पाईने फाइबर मोटोपनलाई कम गर्नका लागि सहायक हुन्छ, जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम आउँछ । साथै यसमा पाईने पौष्टिक तत्वले शरीरलाई ऊर्जा दिन्छ ।