“रेस ३” की नायिका नेपालमा

काठमाडौँ,१५ मंसिर । पछिल्लो समय नेपालमा हलिउड तथा बलिउड कलाकारहरुको नेपाल आगमन निकै भईरहेको छ । कोही व्यक्तिगत भ्रमणका लागि आएका छन् त कोही व्यवसायीक भ्रमणका लागि आएका छन् । पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन निकै भईरहेको छ । सारुख खान, आमिर खान, अक्षय कुमार ,करिश्मा कपुर , कमेडियन कपिल शर्मा र पछिल्लो पटक गोविन्दा नेपाल आएका थिए ।

हिजो शनिबार मात्र पनि बलिउडकी अर्की चर्चित नायक डेजी शाह नेपाल आएकीछिन् । उनी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा हिजो नेपाल आएकी हुन् । उनले हिजो साँझ त्यहाँ आफनो प्रस्तुती दिएकी थिईन् ।

सेलिब्रेटी नाइट्स नामक कार्यक्रममा भाग लिन आएकी उनले आफना चर्चित गीतहरुमा प्रस्तुती दिएकी थिईन् । सलमान खानको फिल्म जय हो बाट बलिउडमा अभिनयमाफर्त डेब्यु गरेकी डेजीको पछिल्लो फिल्म रेस ३ हो । कुनै समय बलिउडकी चर्चित कोरियोग्राफर समेत रहेकी डेजी आज स्वदेश फिर्ता हुँदैछिन् ।