सन्यास लिने मुडमा अमिताभ !

काठमाडौँ,१४ मंसिर । बलिउडका बादशाह अमिताभ बच्चनको सम्मानमा आज पनि बलिउडकर्मीहरु शिर निहुराउँने गर्छन् । ७७ बर्षको उमेरमा पनि त्यही जोश र जाँगरका साथ उनी बलिउडमा निरन्तर काम गरिरहेका छन् । उनलाई आज पनि फिल्महरुको कमी छैन भने टेलिभिजन र बिज्ञापनको दुनियामा उनको राज अझै पनि कायम नै छ । सन १९७० को दशकमा बलिउडमा नसोचेको सफलता र लोकप्रियता कमाएका उनले अब भने अभिनयबाट सन्यास लिने सोच बनाएका छन् ।

बढ्दो उमेरसंगै स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेपछि उनले यस्तो सोच बनाएका हुन् । अमिताभले आफनो ब्लगमा लेख्दै आफनो शरीरले आफुलाई अब अबकाश लिन भनेको भनी उल्लेख गरेका छन् । उनले लेखेका छन् “अब मैले अबकाश लिनु पर्छ । टाउकोले अरु केही सोचिरहेको छ र औँलाले अर्काे सोचिरहेको छ । यो एक सन्देश हो” । हुन त अमिताभलाई हुने गरेको स्वास्थ्य समस्याको कारण पनि चिकित्सकहरुले अब आराम गर्नु पर्ने सल्लाह दिँदै आएका छन् तर पनि निरन्तर काममा रहेका छन् ।

सम्भवत अब भने उनलाई सोही कारण पनि अभिनयबाट सन्यास लिन बेला आएको भनेर महसुस भएको हुन सक्छ । बलिउडमा एक से एक ब्लकबस्टर फिल्म दिएका अमिताभको बलिउडलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउँन ठूलो योगदान दिएका छन् । सोही योगदानको कारण पनि उनलाई भारतीयहरुले निकै सम्मान दिने गर्छन् । हाल उनी “ब्रम्हास्त्र” को सुटिङमा व्यस्त रहेका छन् ।