आलियाको डुब्लिकेट पुरुष भाईरल

काठमाडौँ,१० मंसिर । भनिन्छ संसारमा एउटै मान्छेको अनुसार मिल्ने ७ जना भेटिन्छन् । यो होला नहोला तर उस्तै उस्तै अनुहार भएका या भनौ डुप्लिकेट भने मजैले देखिन्छन् । कुरा गरौँ बलिउडको । बलिउडमा यस्ता धेरै कलाकारहरु छन् जसको धेरै नै डुब्लिकेटहरु छन् । नायक होस वा नायिका उनीहरुको डुब्लिकेटहरुले पनि मिडिया र सामाजिक सञ्जाल निकै तताईरहेका हुन्छन् ।

हामीले अहिलेसम्म कुनै पुरुष सेलिब्रेटीको पुरुष नै डुब्लिकेट जस्तै देखेका छौँ भने महिलाको महिला नै । तर चर्चित नायिका आलिया भट्टको भने महिला नभई पुरुष डुब्लिकेट भेटिएका छन् । यतिबेला भारतीय सामाजिक सञ्जाल र मिडिया दुबैमा एउटा तस्बिर निकै भाईरल भईरहेको छ।  जुन तस्बिरमा एक पुरुष ठ्याक्कै आलिया जस्तै देखिएका छन् तर उनले दाह्री जुंगा पालेका छन् ।

उनी अरु कोही नभएर चर्चित युट्युवर भुवन वाम हुन् । आलिया भनेपछि भुतुक्क हुने यी युट्युवले जब फोटो खिचाए तब फोटो हेरेपछि आफु आलिया जस्तै देखिएको फोटोग्राफरलाई बताएको उनको भनाई छ । उनको उक्त फोटा यतिबेला भाईरल बनिरहेको छ भने अधिकांशले उक्त फोटा मन पराईरहेका छन् । यता आलियाले पनि उक्त फोटो हेरेर आफु दंग परेको प्रतिक्रिया दिएकीछिन् भने आफु पनि भुवनको फ्यान रहेको बताउँन पछि परेकी छैनन् । एजेन्सीको सहयोगमा