समाजवादी पार्टीले सरकार नछाड्ने, सरकारसँग वार्ता गर्ने जिम्मा वाबुराम भट्टराईलाई

काठमाडों । मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्ट भएको उपेन्द्र यादव र वाबुराम भट्टराईको पार्टीले समाजबादी दलले सरकार नछाड्ने निर्णय गरेको छ । सरकारमै बसेर संघर्ष गरिरहने र पार्टीले सुरुदेखि नै उठाउँदै आएको माग सम्बिधान संशोधनलाई पनि अगाडि बढाउद दबाब दिइरहने निर्णय गरेको छ ।

सरकारस्ँग असहमतिका विषयमा र पार्टीले उठाएको संविधान संशोधन गर्ने विष्यामा सहमति जुटाउन वार्ता गर्ने जिम्मा भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई दिइएको छ । भट्टराईको संयोजकत्वमा तीन सदस्य छन् ।

मन्त्रिपरिषद पुनर्गठन र सरकार गठनका क्रममा भएको संविधान संशोधनको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्ने निर्णय गरेको छ । वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

काठमाडौँ । सत्तारुढ दल समाजवादी पार्टीले सत्ता साझेदार पार्टीलाई कुनै जानकारी नदिइ मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा आपत्ति जनाएको हो ।
पार्टीले उक्त निर्णयमा असन्तुष्टि जनाए पनि सरकार भने नछाड्ने निर्णय गरेको छ । समाजवादीको अध्यक्ष समेत रहेका उपेन्द्र यादवको मन्त्रालय पनि पुनर्गठनमा हेरफेर भएको थियो ।

शनिबार रातिसम्म बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल मन्त्रिपरिषद पुनर्गठन भएकोमा आपत्ति जनाएको हो । दलले यसअघि भएको दुई बुँदै सहमति कार्यान्वयनमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीले उक्त सहमति कार्यान्वयनका लागि वार्ता टोली पनि बनाएको छ । सरकार र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ता समिति गठन गरेको छ । समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।