२१ देशका ७६४ प्रतिनिधि सहभागि ऊर्जाको कुम्भ मेला सम्पन्न, के के भयो सम्मेलनमा ?

काठमाडौं । राजधानीमा बिहीबारदेखि जारी दुई दिने ऊर्जा क्षेत्रको नेपालका लागि कुम्भ मेला सकिएको छ । विभिन्न २१ देशका ७६४ प्रतिनिधिसहिको उक्त मेलामा सहभागिले उत्साहपूर्वक आआफ्नो सहभागिता जनाए ।

ऊर्जा सम्मेलन सम्पन्न भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको यो सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

विभिन्न २१ देशका ७६४ प्रतिनिधिले सहभागिता जनाएका यो सम्मेलनमा कार्यपत्र प्रस्तुतकर्तासहित ७९ वक्ता थिए भने ८७ वटा व्यापारिक मिटिङ (बीटुबी) भएको छ । अर्को सम्मेलनको आठौं संस्करण तीन वर्षपछि गर्ने घोषणा पनि आयोजक संस्थाले गरेको छ ।

ऊर्जा सम्मेलन २०१९ विभिन्न ६ वटा सम्झौता गर्दै समापन भएको छ । सम्मेलमा ६ सम्झदारी ऊर्जा विभिन्न नियायबीच द्विपक्षिय समझदारी भएको हो ।

सम्मेलनको भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतामा दुई वटा समझदारी रहेको इप्पानले जानकारी दिएको छ । इन्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)बीच तेस्रो समझदारी भएको छ ।

जलविद्युतमा लगानी गर्नका लागि दुवै सरकारी स्वामित्वका एचआईडीसीएल र एनएचपीसीबीच एमओयमा हस्ताक्षर भएको हो । एचएचपीसी भारतको सरकारको स्वामित्वको कम्पनी हो ।

यस्तै डिलोइट बैंगलादेश र इप्पानबीच नेपालको जलविद्युतका लागि क्षेत्रीय बजारको अवसर पहिचान सम्बन्धि ज्ञान आदन प्रदान गर्ने सम्झौता भएको छ । यस्तै आइएफसी र इप्पानबीच ऊर्जा क्षेत्रमा महिला सहभागिता तथा सशक्तिकरण बढाउने समझदारी भएको छ ।
विद्युत् व्यापारका लागि क्षेत्रीय सहकार्य तथा प्रसारण सञ्जाल निर्माण गर्न मुख्य रुपमा राजनीतिक इच्छाशक्ति आवश्यक रहेको निष्कर्षसहित ऊर्जा सम्मेलन २०१९ सकिएको हो ।

सम्मेलनको समापन समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले नेपालमा २० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणमा जान सकिने बताए । इसका लागि द्विदेशीय तथा बहुदेशीय राजनीतिक सहमतिको अभावमा बजारको उजागर हुन नसकेको बताए ।
अब हजार, पन्ध्र सय मेगावाट मात्रै होइन, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बनाउनु पर्ने कथाले माग गरेको छ,’ उलने भने, यसका लागि क्षेत्रीय ऊर्जा व्यापारको राजनीतिक सहमति आवश्यक छ ।’ नेपालमा हाल स्थिर सरकार रहेकोले ढुक्क भएर लगानी गर्न समेत उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे ।

१५ सय मेगावाटका जलविद्युत आफैं बनाउँछौः मुख्यमन्त्री राई
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ सय मेगावाट क्षमताको आयोजना आफैंले बनाउने घोषणा गरेका छन् । ऊर्जा सम्मेलन २०१९ को दोस्रो दिनको ऊर्जा परियोजनाको सहजीकरण र नियमनः संघीयतामा ऊर्जा विकासको लाभ बाँडफाँडका चुनौती’ विषयक एक कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश आफैँले जलविद्युत् आयोजना बनाउने आवश्य तयारी गरिरहेको बताए ।

लगानी बढाउन आग्रह
अर्थ मन्त्री युवराज खतिवडाले ऊर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय वित्त साझेदारलाईसँग आग्रह गरेका हुन । नेपालमा इन्धनमार्फत उत्पादन हुने (फोसिल ˆयुल) ऊर्जाको खपत धेरै मात्रामा रहेकोले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने मन्त्री खतिवडाले बताए ।

संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य अनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकोले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान समस्या नभएको उनको भनाइ छ । म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आव्हान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातारण सिर्जना गरेका छ’ उनले भने ।

नेपालमा एक किसिमको गलत हल्ला चलेको छ । ऊर्जा बजार छैन भन्ने भ्रमण छ त्यसलाई चिर्नुपर्ने उनको भनाई छ । सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरको छ । आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर १ हजार ५०० युनिट बनाउने योजना रहेको उनले सुनाए ।

विद्युतीय सवारी प्रवद्र्धन गरिने
विद्युतीय सवारीको प्रयोग बढ्दै गएको र पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीको तुलनामा सस्तो र भरपर्दो हुन थालेको भन्दै यसको प्रवद्र्धन गरिने भएको छ । विद्युतीय सवारी भरपर्दो, गुणस्तरीय, ध्वनी र वायु प्रदूषण कम गर्ने उपयोगी यातायात साधान भएकोले यसलाई प्रवद्र्धन गर्नुपर्ने साझा यातायात सहकारी सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दिक्षितले बताए ।

अहिले झन्डै ७० प्रतिशत सार्वजनिक यातायात पेट्रोल र डिजेलबाट मात्रै सञ्चालन भएकाले विद्युतीय सवारी अहिलेको सवैभन्दा भरपर्दो र राम्रो माध्यम हुने उनको भनाइ छ । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीका कारण सडक तथा वातावरणमा ध्वनी तथा वायु प्रदुषण बढेको भन्दै त्यस्को न्युनीकरण गर्न सरकारले पनि विद्युतीय बस सञ्चालमा जोड दिएको उनले बताए ।

अरुण तेस्रो समयमै सम्पन्न गर्ने प्रतिवद्धता
भारतीय लगानीमा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समयमा नै निर्माण सक्ने प्रतिवद्धता व्यक्त गरिएको छ । २४ प्रतिशत मात्रै निर्माण भएको यो आयोजना प्रवद्र्धक सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले यसलाई तोकिएकै समयमा सक्ने प्रतिवद्धता व्यक्त गरे ।