गोदावरीमा पाँच महिना भित्रै भव्य सम्मेलन केन्द्र, ३ हजार क्षमताको माइस हलको निर्माण धमाधम

काठमाडौं । सरकारले गोदावरीमा अन्तर्राष्टिय सम्मेलन हल बनाउने काम अगाडि सारेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले यो हल बनाउने जिम्म शर्मा एन्ड समानान्तर कम्पनीलाई दिएको छ । यो कम्पनीले ७२ करोड रुपैयाँ खर्च गरे अबको पाँच महिनाभित्रै भव्य र सुविधासम्पन्न सम्मेलन हल बनाउने भएको छ ।

नेपालमा व्यापारिक प्रयोजनमा प्रयोग हुने गरी सभा–सम्मेलन–गोष्ठी वा अन्तरक्रिया (माइस) पर्यटन हल नभएको र अन्य ठूलका कार्यक्रको लागि पनि हल आवश्यक भएकोले तत्कालै बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको विशेष भवन निर्माण इकाइले जानकारी दिएको छ ।

इकाइका एक इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यका अनुसार सबैभन्दा छिटो र राम्रो र उपयुक्त सम्मेलन हल बनाउने विभागले जिम्मा लगाइसकेको छ । भवन बनाउने ठेकेदार कम्पनी छनोट भएर काम पनि अगाडि बढेकोले पाँच महिनामै काम सक्ने विभागकै सबैभन्दा छिटो तथा पहिलो ठूलो आयोजना हुने छ ।

विभागकाले व्यापारिक प्रयोजनका निम्ति तीन हजार क्षमताको नेपालकै पहिलो सभाहल बनाउने थालेको हो । सम्मेलन हलको अभाावमा हाल पाँचतारे होटलमा मात्रै ठूला कार्यक्रम हुँदै आएका छन् । भएका सबै होटल कहिँ पनि एक हजार भन्दा बढीको क्षमता छ्रैन् । सभाहल बनाउन विभागले दु्रत मार्गबाट प्रक्रिया अगाडि बढाएको हो। सरकारले जतिसक्दो छिटो सभाहल बनाइसक्न दिएको निर्देशनअनुसार विभागले प्रक्रिया अगाडि बढाएको उल्लेख छ।

विभागको विशेष भवन निर्माण इकाइले अगाडि बढाएको ठूला पूर्वाधार निर्माण अन्तर्गत यो भवन बनाउन लागेको हो। विभागका सिनियर डिभिजनल इन्जिनियर ९सीडीई० प्रक्रिर्ण तुलाधरका अनुसार आगामी सोमबारसम्म इच्छुक कम्पनीमार्फत आवेदन माग गरिएको छ। आवेदन दिएका कम्पनीको छनोट गरेर तुरुन्तै सभाहल निर्माणको जिम्मा दिइनेछ। करिब ७२ करोड

रुपैयाँमा बन्ने सभाहल स्थायी प्रकृतिको हुनेछ। आरसीसी पिलरसहित छाना भएको र ब्लकसहतिको हुनेछ। तीन हजार क्षमताको एउटा मुख्य र ठूलो सभाहल हुनेछ। यस्तो सभाहलसँगै अन्य दुईवटा साना हल पनि हुनेछन्।

मुख्य हलबाट बाहिर निष्कन मिल्ने र साना हालमा छुट्टै कार्यक्रम गर्न मिल्ने गरी बहुउद्देस्यीय हल बन्नेछ। साना हाल करिब तीन सय क्षमताका हुनेछन्। हलसँगै भीभीआईपी बस्ने एक हल, सवारी पार्किङ तथा आवतजावतमा व्यवस्थित हुने गरी हलको डिजाइन भएको छ। गोदावरी नगरपालिका– ५ को ‘क’ एक सय १२ रोपनी क्षेत्रफलमा बन्ने यस्तो हल व्यापारिक प्रयोगमा लगाइनेछ। हल निर्माण हुने तय भए पनि यसको सञ्चालन मोडालिटी भने तय गर्ने बाँकी रहेको विभागले जानकारी दिएको छ।

यो हल निर्माण भए पनि नेपालकै व्यापारिक माइस पर्यटनको हल बन्नेछ। जहाँ साना सभासम्मेलदेखि ठूलो कार्यक्रम आयोजना गर्न पनि सहज हुनेछ। हाल नेपालमा ठूला सभाहल नहुँदा माइस पर्यटनको प्रवद्र्धन नभएको पर्यटन व्यवासायीको गुनासो छ। यो हलपछि पर्यटन क्षेत्रको आवश्यकता पूरा हुनेछ। यसपछि निजी क्षेत्रका विभिन्न संघसंस्थासहितले माइस पर्यटनको आयोजना गर्न सक्नेछ।