छक्का पन्जा २ युट्युवमा आयो, यसरी हेर्नुहोस् पूरा फिल्म (भिडियोसहित)

काठमाडौं, ७ असोज । गतबर्षको सर्वाधिक हिट चलचित्र ‘छक्कापन्जा–२’ युट्युबमा सार्वजनिक भएको छ ।

रिलिज भएको करिब दुई वर्ष पुग्दा चलचित्रको डिजिटल अधिकार लिएको कम्पनी हाइलाइट्स नेपालले चलचित्र युट्युबमा सार्वजनिक गरेको हो ।

दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वस्तिमा खड्का, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी लगायत कलाकारको अभिनय छ ।

विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको चलचित्रको पटकथा अभिनेता गिरीको रहेको छ ।

निर्माण युनिटको दाबी अनुसार यो चलचित्रले करिब १५ करोड व्यापार गरेको थियो ।