‘ईन्जिनियरको हकहितमा संघदेखि प्रदेश र स्थानीय तहसम्मकै संरचना बलियो चाहिन्छ’ – बराल

ई. सुवासचन्द्र बराल 
नेपाल ईन्जिनियर एशोसिएसन, प्रदेश नं ३ का सभापतिका उमेदवार

नेपालमा दुई दशकदेखि सिभिल ईन्जिनियरिङ पेशामा आवद्ध सुवासचन्द्र बराल पेशाले हाइड्रोपावर कन्सल्ट्यान्ट हुन । ईन्जिनियरिङको स्नातकोत्तरसम्मको अध्ययनपछि हाइड्रोपावर क्षेत्रलाई आफ्नो प्रमुख कार्यथलो बनाएका बराल अहिले पनि सक्रिय ईन्जिनियरकै सूचीमा अग्र पंक्तिमा आउँछन । प्रदेश नम्बर ३ अन्तर्गत चितवन जिल्लामा नै हुर्के बढेका बरालले सन् २००० मा पुल्चोक ईन्जितियरिङ क्याम्पसबाट सिभिल ईन्जिनियरिङमा स्नातक गरेका हुन । नेपाल ईन्जिनियरिङ एशोसिएसनको यही मंसिर २८ गते हुन गइरहेको ३२ औं केन्द्रीय समिति तथा प्रादेशीक समितिको निर्वाचनमा प्रदेश नम्बर ३ बाट सभापति पदका उमेद्वार बनेका बराल ईन्जिनियर एशोसिएशनलाई साँच्चिकै अब्बल संस्था बनाउन ३ नम्बर प्रदेशबाट क्रियशाली नेतृत्व गर्ने तयारीमा जुटेका छन् । उनै बरालको ईन्जिनियरिङ क्षेत्रमा भएको योगदान तथा समग्र ईन्जिनियरिङ क्षेत्रको अवस्थासहितका विषयमा भएको कुराकानीको प्रमुख अंशः

तपाई ईन्जिनियरि क्षेत्रमा दुई दशसम्म क्रियाशील भइरहनु र अब आफैं नेतृत्व गर्नुपर्छ भनेर लाग्नुको मुल आशय के हो ?
नेपाल ईन्जिनियर एशोशिएशनमा २०५७ सालदेखि मेरो आवद्धता छ । त्यतिबेला देखि नै कुनै न कुनै रूपमा एशोसिएसनमा जोडिएर मैले काम चाहिँ गरि नै रहेको छु । मेरो सक्रियता देखेरै यस भन्दा निकै पहिलेदेखि नै मेरा साथिहरूले अवको नेतृत्व तपाईको जिम्मेवारीमा हुने हो भनेर भन्ने त गर्नुहुन्थ्यो । तर, मैलै नै आफूसँग भएको समयको सदूपयोग गर्न नै एशोसिएसनमा जाने र काम गर्ने गर्थे । अब मैलै यो क्षेत्रमा १८ वर्षको समय बिताइसकेको र अब म पूर्ण समय दिएर संस्थालाई दिन सक्छु भनेर नै म अगाडि बढेको हुँ ।

यस क्षेत्रले लिगएको गतिको छवि चाहिँ कस्तो पाउनुभएको छ ?
विकासशील देशमा तथा नेपालमै पनि अहिले सरकारले समृद्धिको कुरा गरिरहदाँ ईन्जिनियर विनाको समृद्धि परिकल्पना गर्न सकिदैन् । हाम्रो देश विकासको चरणमै रहेकोले हरेक प्रकारका ईन्जिनियरको सम्भावना छ । समृद्धिको कुरा नारामा मात्रै रह्यो भनेचाहिँ यसले ईन्जिनियरलाई केही समस्यामा पार्ला । समृद्धितर्फ नै अगाडि बढ्ने हो भने नेपालमा ईन्जिनियरको भविष्य राम्रो छ । यस क्षेत्रको काम र यसले गर्नुपर्ने सुधार काम गर्दै जाने क्रममा धेरै नयाँ ढंगबाट पनि हुन सक्छ । तपाईले भनेजस्तै यसको छवि सुधार्न र गति बढाउन हामी सधै प्रतिवद्ध छौं ।

ईन्जिनियरिमा देखिएको चुनौती चाहिँ के हुन सक्छन ?
ईन्जिनियर पेशा दक्षताको पेशा हो । सबै क्षेत्रबाट निष्कने ईन्जिनियर सबै ठाउँमा सबै दक्ष भन्ने हुँदैन् । क्षमता अभिवृद्धि नेपाल सरकार र नेपाल ईन्जिनियर एशोसिएसनले दिनै पर्छ । दक्ष ईन्जिनियर विना देशको समृद्धि सम्भव छैन । दक्ष जनशक्ति उत्पादन गर्न नै यसमा ईन्जिनियरको पहल अझै बढी जरूरी छ । ईन्जिनियरको क्षमता विकासमा दक्षता दिने, आवश्यक तालिम दिने तथा देश विकास निर्माणमा आवश्यक पर्ने जनशक्तिको दक्षता बढाउनु नै अहिलको मुख्य चुनौती हो । नेपाल ईन्जिनियर एशोसिएसनले आफ्नो क्षमताले भ्याएसम्मको काम गरिरहेको छ । यसमा राज्यको ठूलो सहयोग र लविङ आवश्यक पर्छ । आगामी दिनमा हामीले पक्कै पनि ईन्जिनियरको क्षमता विस्तारमा राज्यको सहयोगमा हामीले काम गर्न सक्छौं ।

संस्थामा आवद्ध बहुमत सदस्यको विश्वास जित्ने आधार केलाई बनाउनुभएको छ ?
मुलतः करिब ४८ हजार ईन्जिनियरको प्रतिनिधित्व गर्ने यो संस्थाले ईन्जिनियरकै हकहितको लागि लड्ने गर्छ । हाल यसमा २८ हजार सदस्य छन् । यसलको मूल उद्देश्य नै सबै ईन्जिनियरहरुको हितको निम्ति काम गर्ने नै हो । ईन्जिनियरको क्षमता अभिवृद्धिको निम्ति काम गर्ने र नेपाल सरकारलाई प्राविधिक रूपमा सल्लाह तथा सुझाव दिने तथा सम्बन्धित विषयमा खबरदारी गर्ने पनि यसको मुलभूत उद्देश्य हो । यसै उद्देश्य पूर्तिका लागि मैले मेरो तर्फबाट जिम्मेवारपूर्ण र गम्भिर ढंगले लाग्ने वचनबद्धतासहित साथीहरूकै सरसल्लाह र साथमा उमेदवारी दिने निधो गरेको हुँ ।

संरचना बलियो बनाउँन मात्रै चुनावी प्रतिस्पर्धा आवश्य हो र ?
यस अघि यो एशोसिएसन र यसको चुनावीे गतिविधिसमेत केन्द्रमा मात्रै ज्यादा हुन्थ्योे । अहिले नेपाल संघीयतामा गएपछि नेपाल ईन्जिनियर्स एशोसिएसनले आफ्नो संरचनालाई पनि संघीयता अनुसार परिमार्जन गर्दै जान थालेको हो । अहिले हाम्रो संस्थाको केन्द्रीय कार्यसमितिको चुनाव केन्द्रसहित सातवटै प्रदेशमा हुँदै छ । केन्द्रले केन्द्रीय सरकारलाई सल्लाह सुझाव र खबरदारी गर्छ भने प्रदेशले प्रदेश स्तरका सरकारलाई त्यहाँको विकास निर्माणको कुरामा त्यहाँ भएको गतिविधिको तथा ईन्जिनियरिङ पेशासँग जोडिएका समस्यालाई प्राथमिकताका साथ उठान गर्ने छ ।

एशोसिएसनको संस्थाले सुधारको प्रयास चाहिँ कस्तो छ र अहिले रु
पूर्वाधार निर्माण कार्यमा संलग्न कतिपय ईन्जिनियर साथिहरूले फिल्डमा समस्या, अवरोध र आक्रमणसम्म भोग्नु परेको अवस्था छ । यस्ता घटनामा पीडितको पक्षमा संस्थागत रूपमा लाग्नु र त्यस्ता घटना न्यूनिकरणका लागि दबाव सिर्जना गर्ने काम, संस्थागत रूपमा बढि प्रभावकारी हुन्छ । पछिल्लो उदाहरण यही पुनर्निमाण प्राधिकरणसँग जोडिएर आएको ईन्जिनियरको सेवा सुविधा सम्बन्धि ठूलो विवाद हो । यसमा आएको समस्यालाई नेपाल इन्जिनियर एशोसिएसनको पहलमा समस्याका समाधान गर्ने काम भएको थियो । ईन्जिनियरको हकहित र सेवामा संस्थाको निकै ठूलो भूमिका रहेको छ । ईन्जिनियरले आफूले काम गरे अनुसारको सेवा सुविधा नपाउने समस्या समाधानका लागि एशोसिएसनको नै काम गरेको थियो ।

भूकम्पको बेलामा ईन्जिनियर भूमिका र सेवा सुधिवासँग जाडिएको आएको विवाद चाहिँ के हो  ?
२०७२ बैशाखको भूकम्पले जुन मुभमेन्ट भयो, यो नेपाल ईन्जिनियरिङ एशोसिएसनमा एउटा कोशेढुङ्गाकै रूपमा स्थापित भएर बसेको छ । त्यसअघि समाजसँग ठ्याक्कै नेपाल ईन्जिनियरिङ एशोसिएसन जोडिने मौका पाएको थिएन् । त्यो बेला हामीले करिब ३५ सय ईन्जिनियरलाई परिचालन गरेका थियौ । काठमाडौं उपत्यकाभित्र करिब ६५ हजार घर र १४ वटै अति प्रभावित जिल्लाका ८० हजार घरको निःशुल्क रूपमा निरीक्षण गरी उनिहरूलाई प्राविधिक सल्लाह सुझाव दिने काम भएको थियो । भूकम्पले पारेको क्षतिपछि हामीलाई नयाँ अनुभव पनि भयो । त्यसपछिको निर्माणमा नेपालमा दक्ष ईन्जिनियरिङको अभाव हुन्छ भनेर नै एशोशिएशनकै नेतृत्वमा ईन्जिनियरलाई तालिम दिने काम भएको थियो । त्यसमा करिब १२ सय ईन्जिनियरले तालिम पाएका थिए । त्यो बेला र्या्पिड भिजल एसिसमेन्ट र तालिम दुबै अभियानमा मलाई नेतृत्व गर्ने अवसर दिएको थियो । त्यतिबेला लिइएको नेतृत्वले समाजमा हामीे केही न केही योगदान गर्न सक्छौ भन्ने मान्यतलाई स्थापित चाहिँ गरेको छ ।

नेपालमा ४८ हजार ईन्जिनियर छन तपाईहरुले अहिलेसम्म किन आधालाई अझै समेट्न नसकेको ?
नेपाल ईन्जिनियरिङ एशोसिएसनकै निम्ति यो एउटा चुनौती थियो र अहिले पनि छ । आँकडा हेर्ने हो भने नेपालमा करिब ४८ हजार ईन्जिनियर रहेका छन् भन्ने छ । यसमध्ये २८ हजार मात्रै सदस्य छन् । संस्थामा नवीकरण गराएका सदस्यको संख्या भने जम्मा १७ हजार २ सय मात्रै छ । यसले नै देखाउँछ एशोशिएशनले सम्पूर्ण ईन्जिनियरलाई समेट्न सकेको छैन् ।यसमा पनि केही विदेशीएका र संस्थामा नै नआएको अवस्था पनि देखिन्छ । अब यसलाई सबै इन्जिनियरसँग पुग्न सक्ने बनाउनुपर्छ भनेर लोकतान्त्रिक नेतृत्व नै भइरहेको बेलामा यही समूहबाट विजय भएका हरेराम श्रेष्ठको एक कमिटीले अहिले प्रदेश स्तरमै कमिटी लैजाने काम गरेको छ । यसमा पनि सबै प्रदेश र प्रदेशबाट स्थानीयसम्म लैजान सक्छौ । अहिले हामीले केन्द्र, प्रदेश र स्थानीय स्तरको संरचना अख्तियार गरेको छ । अहिले चुनाव हुन लागेको चाहिँ केन्द्रीय र प्रदेश स्तरीय हो । हाम्रो प्रयास सबैलाई समेट्ने र संस्थागति हितमै काम गर्ने हो ।

राजनीतिमा भन्दा काममा बढी केन्द्रित हुनुपर्ने ईन्जिनयरलाई चुनावी माहोलमा तान्न र आफ्नो पक्षमा विश्वास दिलाउनुपर्ने कारण ?
खासमा हामी पहिलो पटक संघीय संरचनाको निर्वाचनमा जाँदैछौ । देशकै पनि भर्खरै कार्यन्वयनमा आएको संघीयतासँगै थुप्रै अन्योलताहरू पनि देखिएका छन् । तसर्थ हामीसँग सम्बन्धित बिषयमा राज्यलाई आवश्यक सहायोग गर्ने प्रतिबद्धता सहित हामी चुनावी मैदानमा छौ । पहिलो पटक बन्न लागेको प्रदेश समिति भएकले हाम्रो सामु चुनौतीहरू पनि छन् र संभावना पनि । म व्यत्तिगत रुपमा चुनौतीहरू प्रति जानकार रहँदै, संभावनाहरू प्रयोग गरेर प्रतिफल निकाल्न सकिन्छ भन्नेमा आत्म विश्वासी छु । अझ हामीसँग अग्रजदेखि नयाँ पुस्ताका ईन्जिनियर साथिहरूको साथ छ । मेरो त जन्मभूमी पनि र कर्मभूमि पनि प्रदेश नं ३ नै हो । तसर्थ, हिजोका अनुभवहरूलाई प्रयोग गर्दे नयाँ टिमले नयाँ स्पिरिटका साथ काम गर्ने छौ भन्दै, हिरेन्द्रमान प्रधान नेतृत्वको केन्द्रीय समिति तथा मेरो नेतृत्वको प्रदेश ३ लगायत सम्र्पूण प्रदेश समितिमा, लोकतान्त्रिक समूहका उमेद्वारलाई भोट गरि सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।