राष्ट्रपतिले पूर्व प्रधान न्यायाधिशलाई टिका लगाइदिएको तस्वीर बन्यो भाइरल, पूर्व सचिव उपाध्यायले दिए राष्ट्रपतिलाई यस्तो सल्लाह

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले यसपालीको दशैमा पूर्व प्रधान न्यायाधिश गोपाल प्रसाद पराजुलीलाई टिका लगाइदिएको तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तस्वीरमा पूर्व प्रधान न्यायाधिश पराजुली टिका थाप्न जुन आशनमा वसेका छन् त्यो देख्नेलाई निकै असहज लाग्ने खालको छ । उनी राष्ट्रपतिका अगाडि टिका थाप्न घुँडा टेकेर बसेका छन् । जुन दृष्य पहिले पहिले राजाकोमा टिका थाप्न जाँदा देखिने गथ्र्यो ।

पराजुलीको र अन्य तस्वीर हेर्दा राष्ट्रपति निवासमा यस्ता सार्वजनिक समारोहहरु आयोजना गर्दा व्यवस्थापनमा कमजोरी गर्ने गरिएको स्पष्ट दृेखिएको छ । सो तस्वीर वाहिरिएपछि राष्ट्रपछि भण्डारीको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । पूर्व सचिव भीम उपाध्यायले समेत सो तस्वीरका वारेमा सामाजिक सञ्जाल फेसवुकमा कमेन्ट गर्दै राष्ट्रपतिलाई संस्कार विज्ञ सल्लाहकार राख्न सुझाव दिएका छन् ।

राष्ट्रपतिलाई पुर्व सचिव उपाध्यायको सुझाव यस्तो छ ।

राष्ट्रका प्रमूख व्यक्तित्वहरूलाई संस्कार विज्ञ सल्लाहकारको अभाव देखियो । यदि यो दशैं टिकाको तश्वीर सही हो भने । कम्युनिष्टहरूमा संस्कृति, पद्दति र तौरतरिकाको अभ्यास नहुनु अस्वाभाविक हैन, तर पद सम्हाले पछि तिनले सही संस्कार प्रकृया र पद्दतिको पालन गर्नुपर्छ ।

पूर्व सचिव भीम उपाध्याय
यस्ता तश्विर सार्वजनिक गर्न पनि सेल्फ सेन्सर गर्नुपर्छ, सही तस्वीर मात्र सार्वजनिक होस् भनेर बाहिरी क्यामरालाई फोटो लिन अनुमति दिन हुँदैन, अफिसियल फोटोग्राफर र फोटो मात्र सार्वजनिक गरिनु राम्रो हुन्छ ।

यो फोटोमा टिका लगाउने र लगाईदिने यस्तो आसन सही हैन । टिका लगाईदिने उच्च आसनमा बसेर थाप्नेको निधार हातको उचाईमा मिलाएर वा पलेटी मारेर वा झुकेर लगाउनुपर्छ, टिका समाएर लगाउँदा औला ठाडो हैन घोप्टो पारेर लगाईदिनुपर्छ । टिका लगाई दिने यस्तो परम्परा हुनु संस्कृतिको जगेर्ना पनि हो, स्वागत छ ।

नेपाली समाज धार्मिक वा आध्यात्मिक हैन संस्कृतिप्रेमी छन् । संस्कृतिको माया सबैलाई हुन्छ, यसमा राजनीति गर्नेमा झन माया भएन भने ती असफल हुन्छन् किनभने संस्कृतिविरोधी नेताले संस्कृतिप्रेमी नेपाली जनको माया पाउदैनन् ।