सिद्धबाबा अस्पतालमा डायलिसिस सेवा शुरु

वुटवल, ८ भदौ । सिद्धबाबा अस्पताल वुटवलमा मिर्गौला विरामीहरुका लागि डायलिसिस सेवा शुरु भएको छ । अस्पतालले सो सेवा शुरु गर्नका लागि केहि समय अघि जर्मनीबाट पाँच वटा अत्याधुनिक डायलिसिस मेसिन ल्याएको थियो । मिर्गौला रोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा सो सेवा शुरु गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिनुभयो । युवा चिकित्सहरु मिलेर स्थापना गरिएको सिद्धबाबा अस्पतालमा मिर्गौला रोगसँगै मुटुरोग ,छाती,नसा तथा पेटरोग सम्बन्धी समेत विशेषज्ञ सेवा उपलव्ध रहेको अस्पतालले जनाएको छ । सो अस्पतालमा रेडियोलोजी सेवाका साथै आइसियू र २४ घण्टा इमर्जेन्सी सेवा समेत उपलव्ध छ ।