प्रतिनिधिसभाको सबै समितिका सभापति निर्विरोध (नामसहित)

काठमाडौ, ४ असोज । प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्, उनीहरूको घोषणा भने शुक्रबार मात्रै हुनेछ । शुक्रबार सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको छ ।

१० वटै विषयगत समितिका सभापतिका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएका हुन् । सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकमा सपथ ग्रहण गराउनेछन् ।

कांग्रेसले सार्वजनिक लेखा समिति र दल संघीय समाजवादी फोरम नेपालले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएको छ । अन्य सबै समितिमा नेकपाले सभापतिमा उम्मेद्वार दिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीबास्तव
महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल
सार्वजनिक लेखा समितिमा भरतकुमार शाह
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी
अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल
कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल
राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ
अर्थ समितिमा कृष्णप्रसाद दाहाल
शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती
विकास तथा प्रविधि समितिमा कल्याणी कुमारी खड्का